
कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले जिल्लाको पर्यटन प्रवर्द्धनमा विशेष सहयोग गर्ने पर्यटन प्रवर्द्धन संयोजक रबिन मल्लले बताउनुभएको छ । मंसिर २१ देखि पुष १ गतेसम्म हुन लागेको महोत्सवले व्यवसायिक पक्षलाई मात्र नभएर जिल्लाका पर्यटकिय क्षेत्रको प्रचार प्रसार तथा प्रवर्द्धनमा महत्वपुर्ण भमिका निर्वाह गर्ने बताउनुभएको हो ।
उपकार अनलाईन सङ्ग कुरा गर्दै संयोजक मल्लले अहिलेको महोत्सवमा पर्यटन प्रवर्द्धनलाई प्रमुख रुपमा हेरिएकोले, मायादेवि मन्दिरको आकारमा सचिवालय, शान्ति दिप, मुक्तिनाथ मन्दिरको झल्को दिने प्रवेश गेट, जिल्लाका पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी, दर्जन बढि सेल्फी जोन रहेको बताउनु भएको छ । त्यस्तै उहँले विभिन्न सांस्कृतिक झाँकि प्रदर्शन, थारु परिकार, विभिन्न संस्कृति झल्किने भेषभुष सहितको नृत्य रहने बताउनुभयो ।
यस पटकको १४ औं कपिलवस्तु महोत्सवमा १२ औैं कपिलवस्तु डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी विभिन्न झाँकी प्रदर्शनीलगायतका विभिन्न आकर्षकहरु रहेका छन् ।