सैनामैनामा भुस्याहं कुकुर नियन्त्रणका लागि खोप तथा बन्ध्याकरण शिविर सुरु

सैनामैना । रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण तथा खोप कार्यक्रम सुरुवात गरेको हो ।

कार्यक्रमको शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले बरिष्ठ पशु चिकित्सक सर्जन डा.अर्जुन आर्याललाई भ्याक्सीनेटर क्याब प्रदान गरी शिविरको सुरुवात गरेका हुन । नगरपालिका भित्र रहेका घरपालुवा तथा सामुदायीक कुकुरको कारण पशु तथा मानिसस्वाथ्यमा जोखिम बढ्दै गरेको, कुकुरबाट लाग्ने प्रणघातक रोगको समेत उच्चा जोखिम रहेको करण शिविर मार्फत यसलाई नियन्त्रण गर्न खोजिएको नगर प्रमुख शर्माले जानकारी दिए । पालिका भित्र रहेका करिव ४ देखि ५ सय भुस्याहा र घरपालुवा कुकुरको बन्ध्याकरण तथा खोप कार्यक्रम यो अभियानमा गरिने समेत नगर प्रमुख शर्माले जानकारी दिए ।

यस्तै कार्यक्रममा सैनामैनाका उप प्रमुख बिना राना, प्रमुख प्रशासकिय अधिकृत जनक थापा लगायतले बोल्दै सैनामैनामा यो कार्यक्रम निकै प्रभावकारी हुने र अब रेबिज रोग सैनामैनामा न्युनिकरण हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

बुधबार मात्रै ७९ वटा छाडा तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । बरिष्ठ पशु चिकित्सक डा.शर्मिला चापागाँई, डा.टंक प्रशाई, डा.अर्जुन अर्याल, श्री लोकराज भुसाल, डा.बिकास गिरी, डा.सुदिप रेग्मी लगायत विज्ञ टोलीले शिविरमा सहजिकरण गरेको छ ।

सैनामैनामा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागी केन्द्रीय रिफरल अस्पताल काठमाण्डौँ एवं सैनामैना नगरपालिकाको ३ लाख रुपैँया बिनियोजन गरेका हुन् । आफ्नो कुकुरलाई बन्ध्याकरण गराउन सैनामैना नगरपालिका–१ बनकट्टाबाट आएका भोलानाथ रिजालले बन्ध्याकरण शिविर राखेर राम्रो काम गरेको बताए । धेरै कुकुर पाल्न नसकिने र रेबिज विरुद्धको ईन्जेक्सन लगाउने भएकोले आफुले कुकुर लिएर आएको रिजालले बताए ।

यसबाट कुकुरको संख्या नियन्त्रण हुने र टोकी हाले पनि रेबिज लाग्ने खतरा नरहने भएकोले शिविर महत्वपूर्ण भएको बताए । सैनामैनाका विभिन्न ठाउँहरुमा कुकुरले मानिस तथा पशु चौपायालाई समेत टोकेर घाइते बनाएका घटनाहरु पनि समय समयमा आउने गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा मात्र पर्रोहा स्वास्थ्य चौकिमा १२०० बिरामी रेबिज विरुद्धको खोप लगाउन आएको तथ्याङ्क छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation