
काठमाडौँ । मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
महोत्तरी, गौशाला नगरपालिका- ५ का २४ वर्षीय अनिलकुमार साहले झापा, शिवसताक्षी-३ का धनबहादुर प्रधानको हत्या गरेका थिए । उनीहरू दुवैजना मलेसियामा एउटै कम्पनीमा काम गर्दै आएका थिए ।
साहविरुद्ध मृतककी श्रीमतीले हत्या आरोपमा किटानी जाहेरी दिएकी छन् ।