कपिलवस्तुको शिवराज बाट लागु औषध ब्राउनसुगर सहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीबाट लागु औषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले एक जनालाई पक्राउ गरेको छ । नेपालमा प्रतिबन्धीत तथा अवैध रहेको लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय ७० मिलिग्राम सहित दाङ घोराही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने २२ वर्षीय गोबिन्द कुमार चन्दलाईे प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बुधबार बेलुका ७ः३० बजे चन्दलाई ब्राउनसुगर सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा प्रहरी निरिक्षक अर्जुन विकले जानकारी दिनुभयो ।

पक्राउ परेका चन्दलाई जिल्ला अदालत कपिलवस्तुबाट म्याद थपगरी थप अनुसन्धान जारी राखेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation