उद्योग व्यपार संघ कपिलवस्तुद्धारा वर्षभरिका कामको विवरण सार्वजनिक

कपिलवस्तु । उद्योग व्यपार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमै गरेका विभिन्न सामाजिक कृयाकलप सर्वजनिक गरेको छ । संघले स्थापना भएको एक वर्षको अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको हो ।

२०७९ माघ १० गते सम्पन्न संघको अधिवेशन समपन्न भई खिमानन्द पौडेल अध्यक्ष सहितको कार्यसमिति निमार्ण भएको थियो । उक्त समितिले गरेका कामको मंगलवार संघको कार्यलयमा सार्वजनिकिकरण गरिएको छ । संघले यस अवधिमा विभिन्न सामाजिक काम गर्नुका साथै व्यवसायिको हक हितमा थुप्रै काम गरेको जनाएको छ ।
संघका अध्यक्ष पौडेलले आफु पदाधिकारी भएको अर्को दिन देखिनै विभिन्न कार्यमा सहभागि हुदैँ संघलाई संस्थागत गर्न तर्फ लागिएको बताए । उनले संस्था स्थापना भए पछि संस्थाले गरेको कामको समीक्षा, उपलब्धि लगायतको बारेमा जानकारी गराएका थिए ।

यस्तै कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्ड्रष्टिज भारतका सहमहामन्त्री गेविन्द पोख्रेलले उद्योगि व्यवसायीका पिर मर्का बुझ्ने कोहि नहुँदा व्यपार व्यवसाय धर्मराएको बताए । उनले यसको समस्या समाधान नदेखेर व्यवसायीहरु पलायनको बाटो रोज्न बाध्य भएको बताए ।

कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्ड्रष्टिज भारतका सहमहामन्त्री जेपि पाण्डेले संघलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका पुर्व अध्यक्ष हुमनाथ पौडेल, अन्य पदाधिकारी, व्यवसायी, पत्रकारहरु कार्यक्रममा सहभागि थिए । यसैविच उद्योग व्यपार संघ कपिलवस्तु यहिँ माघ ३ गते भारतको राजधानि दिल्लीमा लागेको उद्योग एक्जीवेसनको अवलोकनका लागि जाने भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation