
भैरहवा । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएका कुखुराका चल्ला र प्याज बरामद गरेको छ । प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले रोहिणी गाउपालिका-७, लखनौतियाबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याइदै गरेको अवस्थामा ३५ कार्टुन ९२ हजार १ सय वटा बोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको हो ।
रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले भारतबाट अवैधरुपमा ल्याइदै गरेका एक लाख ६८ हजार रुपैयाँ मुल्य बराबरका कुखुराका चल्ला बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार बरामद भएको कुखुराको चल्ला थप कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय बेलहिया बुझाइएको छ ।
त्यस्तै, जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिव ८५ हजार रुपैयाँ मुल्य बराबरको प्याज सिद्धार्थनगर नगरपालिका-१० बाट नियन्त्रणमा लिएको छ । २८ बोरा ९१ हजार ७ सय के.जी प्याज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।