बाणगंगाका ४५ विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण

कपिलवस्तु । सडक दुर्घटनालाई मध्यनजर गर्दै बाणगंगा नगरपालिका भित्रका ४५ जना विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण गरिएको छ । नगर महिला तथा बालबालिका शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय पिपराको समन्वयमा ३ वटा विद्यालयका ४५ विद्यार्थीहलाई अभिमुखीकरण गरिएको हो ।

विद्यालय आउजाउ गर्दा बाटो क्रस गर्नुपर्ने केहि विद्यार्थीहरुलाई प्रतिनिधिको रुपमा छनौट गरि अभिमुखीकरण गरिएको हो । सचेतना कार्यक्रममा बाणगंगा मा.वि लौगाई, सुर्यौदय आधारभुत विद्यालय चप्परगाउँ र जनचेतना आधारभुत विद्यालय बनगाईमा कक्षा ६ देखि ९ सम्म अध्यनरत विद्यार्थीहरुलाई समावेश गरिएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले ट्राफिक नियम नजान्दा वा बेवास्ता गर्दा हुन सक्ने दुर्घटनाको जोखिमलाई कम गर्न यस्ता कार्यक्रम महत्वपुर्ण हुने बताउनुभयो । विद्यार्थीहरुलाई सचेत गराउँदा आफ्ना अभिभावक र साथिहरुलाई समेत उनीहरुले सिकाउने भएकाले पनि यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बाणगंगामा पनि दिनहुजसो सवारी दुर्घटना हुनेभएकाले त्यस प्रति सबै सचेत हुनुपर्नेमा अर्यालले जोड दिनुभयो ।

त्यस्तै नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी. ले कार्यक्रममा सिकेका कुराहरुलाई आफुले व्यवहारमा लागु गर्दै घरपरिवार र साथिहरुलाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।

पिपरा प्रहरी प्रमुख गोपाल जङ्ग रायमाझी प्रमुख सहजकर्ता, प्रहरी हवल्दार इश्वरी भट्टराई सहजकर्ताको रुपमा रहेको कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख सुसिला पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of 7 people, people studying and text

May be an image of 6 people, people studying, table, television and crowd

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation