बाणगंगाको मेचकुरीमा घुम्ति शिविर, करिब १ हजारले सेवा लिए

कपिलवस्तु । केहि स्थानिय हातमा औषधि लिएर घर फर्किदै थिए, भने केहि लाईनमा बस्दै थिए । कोहि हातमा खुर्सानी, टमाटर, लगायतका विरुवा जाँच गराएर औषधी लिँदै थिए । कसैले बाख्रा, भैँसीको लागि विभिन्न किसिमका औसधि मागिरहेका थिए त कसैले विभिन्न व्यवसाय दर्ताका लागि फर्म भर्दै थिए ।

मेचकुरी निवासी स्थानीय ७० वर्षीय त्रिवेणी थारुले भन्नुभयो ‘उपचार गराउन नपाएको महिनौं भएको थियो । अस्पताल जानको लागि पैसा पनि थिएन, नगरपालिकाको टोलिले गाउँमै आएर निशुल्क उपचार गरिदियो ।’ यसरी बुधवार बाणगंगा नगरपालिकाले वडा नम्बर १० को मेचकुरीमा सञ्चालन गरेको एकिकृत घुम्ती शिविर बाट सेवा लिन पाउँदा स्थानीय खुसी देखिन्थे ।

बाणगंग नगरपालिकाले मेचकुरीमा सञ्चालन गरेको घुम्ति शिवरमा बुधवार करिब १ हजार जनाले सेवा लिएका छन । जस मध्ये पशु सेवा सम्बन्धी १९४, शिक्षा, युवा तथा खेलकुद सम्बन्धी सेवा २, कृषि विकास सम्बन्धी सेवा १७०, आयुर्वेद सेवा २६५, योजना अनुगमन सम्बन्धी सेवा ६, वन वातावारण, विपत् तथा फोहोरमैला व्यवस्थापन सेवा ११, भवन तथा शहरी सम्बन्धी सेवा २०, स्वास्थ्य सम्बन्धी सेवा २३०, घरेलु तथा साना उद्योग सम्बन्धी सेवा ५, रोजगार तथा श्रम परामर्श सेवा ११, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी सेवा २१, सुरक्षित आप्रवासन सम्बन्धी सेवा ६० गरि कुला ९८५ जनाले प्रत्यक्ष रुपमा सेवा लिएका नगर सुचना अधिकारी केशव भट्टराईले बताउनुभयो ।

नगरको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने लक्ष्यअनुसार नै शिविर सञ्चालन गरिएको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले जानकारी दिनुभयो । दुरदराजमा रहेका नागरिकहरुलाई सहज र सरल सेवा दिने उद्देश्यले शिविर आयोजना गरेको बताउँदै शिविरलाई क्रमश प्रत्येक वडामा सञ्चालन गरिने बताउनुभयो । घुम्ति शिविरले स्थानीयलाई सरकार आफ्नै साथमा रहेको आभास दिलाएको समेत उहाँले बताउनुभयो ।

No description available.

त्यस्तै उपमेयर रिता कुमारी चौधरीले नगर बाट प्राप्त हुने सबै सेवा सुविधा शिविरमा उपलब्ध रहेको भन्दै नागरिकहरुले उत्साहित हुँदै सेवा लिएको बताउनुभयो । अशक्त, जेष्ठ नागरिक लगायत नगरमा आएर सेवा लिन नसक्ने वा नभ्याउने स्थानीयको मागलाई सम्बोधन गर्दै शिविर सञ्चालन गरेको बताउनुभयो ।

No description available.

त्यस्तै नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरको सेवालाई हरेक नागरिक सम्म पुर्याउन यस्तो शिविर सञ्चालन गरिएको बताउनुभयो । शिक्षा र चेतनाको अभावमा सेवा नलिएका नागरिकहरु पनि शिविर बाट लाभान्वित भएको उहाँले बताउनुभयो ।

No description available.

 

उता वडा न. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलले नगरको सेवा आफ्नै वडामा पुगेपछि वडा बासिलाई सजिलो भएको बताए । उनले वडा अलिकति विकट भएकाले नगरको सेवाले नागरिकमा थप आसा जगाएको बताए ।

घुम्ति शिविरमा बाणगंगा नगरपालिका बाट प्राप्त हुने जेष्ठनागरिक परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण र आधारभुत औषधी वितरण, वालिविरुवा, किटनासक औषधी वितरण, आयुर्वेद स्वास्थ्य परिक्षण र औषधि वितरण, पशु स्वास्थ्य शिविर, घर नक्सा पास र परामर्श, सुरक्षित वैदेशिक रोजगार सम्बन्धि परामर्श, व्यवसाय दर्ता , राजस्व संकलन लगायत अन्य सेवा सम्बन्धी परामर्श तथा सेवाहरु उपलब्ध गराइएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation