![](https://upakaronline.com/wp-content/uploads/2023/03/banganga-Nagarpalikako-office-1-670x420.jpg)
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कर्यपालिका बैठक सम्पन्न भएको छ । बिहिवार विभिन्न महत्वपुर्ण निर्णय गर्दै नगरको आफ्नै सभाहलमा बैठक सम्पन्न भएको हो ।
बैठकले नगर भित्रका लागत साझेदारी अन्र्तगतका विभिन्न योजनाहरु समेत वडाहरुमा आवश्यक्ता अनुसार बाडफाड गरेको छ । जस अन्तर्गत उपभोक्ताको ३० प्रतिशत र नगरपालिकाको ७० प्रतिशत लागत भएका डेढ करोड रुपैयाँ बराबरका योजना र उपभोक्ताको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लागत भएका डेढ करोड गरि ३ करोड रुपैयाँ बराबरका योजना बाडफाड गरिएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताउनुभयो ।
त्यस्तै बैठकले सार्वजनिक जग्गा संरक्षण तथा नियन्त्रणका लागि २० लाख रुपैयाँ समेत नगरका ११ वटै वडामा बाडफाड गर्ने निर्णय गरेको वडा नम्बर २ का वडा अध्यक्ष समेत रहनुभएका प्रवक्ता पौडेलले बताउनुभयो ।
त्यस्तै बैठकले महालेखाको परिक्षण प्रतिवेदन बारे कार्यपालिकामा जानकारी गराई छलफल समेत गरिएको थियो । त्यस्तै बैठकले तराई समृद्धिका योजना छनोट गरि पठाउने समेत निर्णय गरेको छ ।
साथै बैठकले हाल सम्म भएका कामहरुको समिक्षा गर्दै कार्यान्वयनमा रहेका योजनाहरुलाई तिव्र रुपमा अगाडि बढाउन नगर प्रमुख चक्रपाणी अर्यालले निर्देशन दिनुभएको छ ।
त्यस्तै बैठकमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनिले नगरपालिका बाट प्रदान हुने सेवा सुविधालाई चुस्त दुरुस्त पार्न निर्देशन गर्दै नगरका योजनाले अब तिव्रता पाउने बताउनुभयो ।
बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उप प्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।