सैनामैनामा महिला संग उप प्रमुख कार्यक्रम अन्तरर्गत फेसन डिजाइनर तालिम

उपकार अनलाईन, सैनामैना ।

रुपन्देहीको सैनामैना नगरपालिकामा महिलाहरुका लागि फेसन डिजाइनर तालिम सञ्चालन गरिएको छ । महिला संग उप प्रमुख कार्यक्रम अन्तरर्गत फेसनडिजाइनर तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई अत्मानिर्भर बनाउने उद्देश्यले सैनामैनामा महिला संग उपप्रमुख कार्यक्रम सञ्चालन भैरहेको छ ।

तालिमले महिलाहरुलाई आत्मानिर्भर बनाउन र रोजगारी श्रृजन गर्न महत्वपुर्ण भुमिका खेल्ने सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले बताउनुभयो । आ.व २०८०/८१ मा सो कार्यक्रम अन्तरर्गत हस्तकला तथा विभिन्न सिपमुलक तालिम, नेतृत्व विकास, सचेतनामूलक कार्यक्रम लगाएत गरिने उहाँले जानकारी दिनुभयो । महिलाहरुलाई स्वारोजगार बनाई महिलाहरुले उत्पादन गरेका हरेक उत्पादित बस्तु तथा समाग्रीहरुको संकलन र बजारीकरण गर्न सैनामैनामा कोसेली घर निर्माण समेत गरिने उहाँले बताउनु भयो । तालिम अवधिभर सिकेका ज्ञान–सिपलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने उहाँले सुझाव समेत दिनुु भयो ।

महिलाहरुको चाहाना अनुसार सीप मुलक तालिम सञ्चालन गरिएको सैनामैना नगरपालिका महिला, बालबालिका तथा समाजिक विकास शाखा प्रमुख तुलसा ज्ञवालीले बताउनुभयो । तालिम पश्चात् महिलाहरुलाई सक्षम उद्यमी बन्न मद्दत मिल्ने उहाँको भनाई छ । फेसन डिजाइनर तालिम अन्तरर्गत प्रशिक्षार्थीहरुले आफुले सिलाएर लगाएका पहिरनको प्रस्तुतीकरण गरेकाछन् । आइतबार एक कार्यक्रमको आयोजना गरि प्रशिक्षर्थीहरुले सिकेका सिप प्रर्दशन (फेसन शो) गरेका हुन् ।

सिप प्रस्तुुतीकरणले सहभागिहरुको सिप क्षमताको विकासमा मद्दत मिल्ने, सिकाईलाई प्रभावकारी बनाउने, प्रशिक्षार्थीहरु विच सिप साटासट गर्न मद्दत मिल्ने, बोल्ने कलाको विकास गर्न मद्दत मिल्ने तालिमकी प्रमुख प्रशिक्षक नम्रता पचभैया मगरले बताउनुभयो ।

फेसन डिजाइनर तालिममा सैनामैना वडा नं. १ देखि ११ का २७ जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा सैनामैना नगरपालिकाले आर्थिक सहयोग गरेको छ भने आधार ट्रेनिङ सेन्टरले ब्यवस्थापन गरेको छ । फेसन डिजाइनर तालिम ६५ दिन सम्म सञ्चालन हुने छ । तालिममा महिलाहरुले फेसन संग सम्बन्धित सिप सिकिरहेकाछन् । तालिमबाट सिकेका ज्ञान, सीप व्यवहारमा लागू गर्ने सहभागीहरुले कार्यक्रममा प्रतिवद्धता जनाएका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation