![](https://upakaronline.com/wp-content/uploads/2024/03/bhitte-670x420.jpg)
उपकार अनलाइन, सैनामैना ।
सैनामैना ब्यपापार संघले यस बर्षको होली मिलन तथा २०८१ को भित्ते पात्रो बिमोचन र नयां बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम एकै साथ सम्पन्न गरेको छ ।
आईतबार सैनामैनाको शहीद नारायण पोखरेल रामापुर क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैनाका प्रथम नगर प्रमुख चित्र बहादुर कार्की, सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल लगायतले सैनामैना ब्यापार संघले प्रकाशित गरेको २०८१ को भित्ते पात्रो संयूक्त रुपमा बिमोचन गरिएको थियो ।
ब्यापार संघले ब्यवसायिक हकहितका लागी बिभिन्न कार्यक्रम गर्दै आएको सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएको शर्माले फागु पर्व तथा नयां बर्ष २०८१ को सम्पुणर्मा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
ब्यापार संघले अबको दिनमा योजना बनाएर ब्यवसयीहरुको संरक्षण गर्ने तथा उनीहरुको हाल देखा परेको विविध समस्याहरुको समाधान गर्ने तर्फ सचेत हुनु पर्ने सैनामैनाका संस्थापक नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।
सैनामैना ब्यापार संघले सैनामैनाका ब्यवसायीहरुको हकहितमा काम गर्दै आएको र यस बर्ष देखी सैनामैना ब्यापार संघमा आवद्ध सदस्य ब्यवसायीहरुका लागी रु १ लाख बराबरको दुर्घटना बिमा लागु गर्ने समझौता गरिसकेको सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो । हरेक बर्ष सैनामैनामा संचालन हुदै आएको सैनामैना महोत्सवले खासै कुनै प्रभावकारी भुमिका खेल्न नसकेको बताउदै अध्यक्ष पौडेलले यस बर्ष महोत्सवको आयोजना ब्यापार संघले नगर्ने समेत बताउनु भयो ।
कार्यक्रममा भित्ते पात्रो प्रकाशन समितिका संयोजक प्रेम थापा, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम खड्का, संस्थाका प्रथम उपाध्यक्ष देवीदत्त सुबेदी, संस्थाका महासचिव भिमलाल सुवेदी लगायतले नया बर्ष २०८१ तथा होली पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो ।