
उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ का एक बालक मृत फेला परेका छन । वडा नं. ७ रामबस्ती बस्ने मोहन भुसालका छोरा वर्ष ८ का आयुस भुसाल घर देखि २ सय ५० मिटर उतरमा रहेको ईगोरिया खोलामामा मृत्यु फेला परेको सालझन्डी प्रहरीले जानकारी दिएको छ ।
आइतवार साझ ६ बजे देखि छोरा हराएपछी घर परिवारले स्थानीय र प्रहरीलाई खवर गरिखोजी गर्न अनुरोध गरेका थिए । स्थानीय प्रहरी आफन्तको खोजिमा ईंगोरिया नदिमा बालक मृत्यु अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अहिले शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक हस्पिटलमा लगिएको छ । बच्चाको मनसिक अवस्था कम्जोर भएको बताईएको छ । घटना को बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।