उपकार अनलाइन, सैनामैना ।
मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलायन्स सैनामैना नगरस्तरीय नगर कमिटि गठन सम्पन्न भएको छ ।
मानब अधिकार एलायन्स रुपन्देही जिल्ला अध्यक्ष माधव सापकोटाको अध्यक्षतामा तथा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी उपसचिव चित्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । भेलाले चन्द्रमा पौडेलको अध्यक्षयतामा ११ सदस्य कार्यसमिति निमार्ण गरेको छ । जसको उपाध्यक्षमा सुस्मा वन्जाडे, सचिवमा टिका खराल, सह–सचिवमा विष्णु पन्थी, कोषाध्यक्ष चन्द्रकान्त पाण्डे र सदस्यहरुमा नरेश चौधरी, सृजना न्यौपाने, केशव भण्डारी, सरिता भट्टराई, कमल गिरी चयन भएका छन् ।
नव गठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका जिल्ला उपसचिव तथा जनवर्गीय संगठन बिभाग प्रमुख चित्र वहादुर कार्कीले मानव अधिकारको बिषयमा बिशेष भुमिका खेल्न यो कमिटिले बिशेष चासो दिने बिश्वास रहेको बताउनु भयो ।
अधिकार मात्र खोज्ने र कर्तब्यबाट बिमुख हुने परिपाटी समाजमा बढ्दै गएकोले सबैले यस तर्फ सचेत हुन जरुरी रहेको नेकपा एमाले सैनामैनाका ईन्चार्ज मिन प्रसाद पौडेलको भनाई थियो । राष्ट्रिय मानवअधिकार आयोग (एलाइन्स) बिशुद्ध सामाजिक संस्था भएकोले यसको भावना र मर्म अनुसार नव गठित समितिले काम गर्ने तर्फ ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोग (एलाइन्स)का प्रदेश सचिव अनन्त सिलवालले बताउनु भयो ।
राज्यले ब्यवस्था गरेको मौलिक हक अधिकारको कार्यान्यवन गराउनु नै राष्ट्रिय मानवअधिकार आयोग (एलाइन्स) को मुल उद्धेश्य रहेको राष्ट्रिय मानवअधिकार आयोग (एलाइन्स)का जिल्ला अध्यक्ष माधव सापकोटाको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले सैनामैनाका नगर अध्यक्ष चेत नारायण न्यौपाने, राष्ट्रिय मानवअधिकार आयोग (एलायन्स) जिल्ला सचिव बिष्णु घिमिरे, नेकपा एमालेका जिल्ला सदस्य चन्द्रकान्त भण्डारी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य अमृत गिरी लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।