उपकार अनलाइन, सैनामैना ।
सैनामैनाको वार्ड नं ३ ले महिलाहरुलाई १० दिने मादल बजाउने तालिम दिएको छ ।
मादल बजाउने सिपले महिला दिदी बहिनीहरुको जिवनमा नया आयाम थपिने बिश्वास लिएको सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनु भयो । मादल बजाउने कलाले समाजमा आत्मियता बढाउने र मादल परम्परा, धर्म र संगितसंग जोडिएकोले मादल बजाउने कलाले समाजमा सकारात्मक भुमिका खेल्ने समेत प्रमुख शर्माको भनाई थियो।
महिलाहरुलाई अगाडि बढाउनेको लागि वडाबाट समेत बजेत बिनियोजन गरेर सिप मुलक तालिम संचालन हुँदै आएकोमा खुशी लागेको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भयो । मादल नेपाली समाजको परम्परागत सस्कृृति मध्येको एक बाध्यबादक भएको र यसको संरक्षण संगै मादल बजाउने कलालाई पुस्ता हस्तान्तरण हुन अति जरुरी रहेको समेत उपप्रमुख रानाको भनाई थियो ।
महिला दिदी बहिनीहरुलाई सिप सिकाएर आगाडी बढाउने उद्देश्यले बडाबाट बजेत बिनियोजन गरे विभिन्न सिप मुलक कार्यक्रम संचालन गर्दै आएको सैनामैना वडा नं ३ का वडाअध्यक्ष तम बहादुर पुर्जाले बताउनु भयो । बादल बजाउने कला सिकाएको वडालाई प्रति आभार रहेको सहभागी कबिता गुरुङले बताउनु भयो । मादलको ताल सिक्ने अवसर वडाले जुटाए दिएको सहभागी महिलाहरुले बताउनु भएको थियो ।
सिक्ने र सिकाउने कला सधै निरन्तरता पाउनु पर्ने प्रशिक्षक ईन्द्र बि क बताउनु भएको थियो । सिकाईले हरेक क्षेत्रको संरक्षण हुने समेत प्रशिक्षक बि क को भनाई थियो । सैनामैनाका कार्यपालिका सदस्य मिरा क्षेत्रीको स्वागत रहेको कार्यक्रमको संचालन बडा सचिब पुण्य प्रसाद आचार्यले गर्नु भएको थियो ।