मुर्गिया पुरानो सोमवारे हाटबजार अगाडीका व्यवसायिक सटरहरु भत्काइयो

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाको केन्द्रविन्दुमा रहेको सैनामैना ३ साविक पुरानो सोमवारे हाटबजार अगाडीका व्यवसायिक सटर बुधवार तोडिएको छ ।

२०४९ सालमा नेपाली कांग्रेस अध्यक्षको उम्मेद्वार भई निर्वाचित भए पछि साविक पर्रोहा गाविसका प्रथम अध्यक्ष लक्ष्मण आत्रेयले गाबिसको आम्दानी अत्यन्तै न्यून रहेकाले विकास खर्च नपुग्ने समस्यालाई बुझेर दीर्घकालीन सोच लिएर १४ वटा व्यवसायिक सटर निर्माण गरी स्थानीय व्यवसायीलाई व्यवसाय गर्न प्रोत्साहन गरेका थिए । पहिले पनि सैनामैना नगरपालिका मासिक ८४००० आम्दानी प्राप्त गर्दै आएको थियो ।

हाल नगरपालिकाले तीव्र सहरीकरण कारण मुर्गिया क्षेत्रमा घना वस्ती विकास भएकाले पर्यावरणीय दृष्ट्रिकोण तथा धार्मिक पर्यटकीय स्थल निर्माण गर्ने उद्देश्यका साथ उक्त स्थानमा सैनामैना पार्क तथा शैलपुत्री धाम बनाउन उक्त सटरहरु हटाउन परेको नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो । साथै उक्त सटरमा व्यवसाय गर्ने व्यवसायिहरुलाई पूर्व सूचना गरी सहमतिमै सटरहरु हटाईएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation