युवा सञ्जाल सैनामैना ५ ले प्रथम वडा कप नकआउट फुटबल प्रतियोगिता गर्ने

प्रदिप ज्ञवाली, सैनामैना ।

सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा प्रथम वडा कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।  स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित खेलकुद कार्यक्रम गर्न लागिएको हो ।

खेल वडा स्तरीय हुने छ । जसमा प्रथम पुरस्कार एकाउन्न हजार एक सय एघारसङ्गै शिल्ड मेडल र प्रमाण पत्र रहनेछ भने द्वितीय पुरस्कार पच्चीस हजार पाच सय पचपन्नसङ्गै शिल्ड मेडल र प्रमाणपत्र रहनेछ । खेलमा उत्कृष्ट खेलाडीलाई तीन हजार ,उत्कृष्ट गोलकिप्परलाई ३ हजार , उत्कृष्ट गोलकर्तालाई ३ हजार , म्यान अफ द म्याचलाई १ हजारसङ्गै सबैलाई शिल्ड मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको सञ्जालले जनाएको छ ।
खेल सम्पन्न गर्न सञ्जालले विभिन्न समिति तथा उपसमिति निर्माण गरि तयारी अघि बढाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation