
उपकार अनलाइन, सैनामैना ।
नेपालकै प्रशिद्ध धार्मिक तिर्थस्थल मध्ये एक रुपन्देहीको सैनामैना-१ मा अवस्थित पर्रोहा परमेश्वर शिवज्योर्तिलिङ्ग बोलवम धाम मन्दिर व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम गरिएको छ । जेठ २४ गते सप्पन्न बोलवम धामको १९ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित चित्रबहादुर कार्की लगायत १६ सदस्यीय सर्वसम्मत निर्वाचित कार्यसमिति पदाधिकारीलाई पदस्थापन, सपथ ग्रहण तथा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
सप्पन्न निर्वाचनबाट उपाध्यक्षमा दुलबहादुर थारु, सरस्वती पन्थी, रामनाथ हरिजन, महासचिवमा गोपाल आचार्य, सचिवमा रमाकान्त काफ्ले र कोषाध्यक्षमा छवि पन्थ चयन हुनुभएको थियोे । त्यस्तै, सदस्यहरूमा विष्णु बस्नेत, शारदा चालिसे, मार्कण्ड शर्मा, रामबृक्ष मुराव, श्याम प्रसाद अधिकारी, गोविन्द प्रसाद पाण्डे, लक्ष्मीप्रसाद शर्मा, विष्णु पौडेल र लक्ष्मी वाग्ले रहनुभएको छ । निर्वाचन समितिका संयोजक खुसीराम चौधरीको अध्यक्षता तथा सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले सैनामैना विकासको तिव्र गतिमा अगाडि बढेको बताउनुभयो। बोलबम धामको विकास र संंरक्षणका लागि स्थानीय, प्रदेश र संघ सरकारले बर्सेनि बजेट विनियोजन गरेर मन्दिर र विकासका काम तीब्र रुपमा अघि बढेको बताउनुभयो । प्रमुख शर्माले धामको विकासमा तिनै तहको सरकारको ध्यान पुगेकाले गुरुयोजना अनुसार मन्दिरको बृहतर विकास सप्पन्न गर्न थप बजेट व्यवस्थापनका लागि यस क्षेत्रका सांसदहरुको पहलीकदम आवश्यक रहेको जोड दिनुभयो ।
पश्चिमको पशुपति नाथले परिचित पर्रोहा बोलबम धाम सैनामैनाकै पहिचानसँग जोडिएको ऐतिहासिक धार्मिक केन्द्र बनाउन तिनै तहको सरकार र यस क्षेत्रका स्थानीय जनसमुदायको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । बोलबम धाम धार्मिक सांस्कृतिक तथा पर्यटकिय दृष्टिले महत्वपूर्ण रहेकाले नयाँ व्यवस्थापन समितिबाट यसको संरक्षण, प्रवद्र्धन तथा व्यवस्थापनमा प्रभावकारी कदम चालिने अपेक्षा गरिएको शर्माले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष चित्र बहादुर कार्कीले पर्रोहा बोलबम धाम र बोलबम हिलपार्कलाई एकीकृत गरेर विकास प्रक्रिया अघि बढाउने योजना रहेको सुनाउनुभयो । उहाँले बोलबम पार्कको वनलाई धार्मिक वनमा रुपान्तरण गरेर चिन्तन, मनन र आध्यात्मिक ध्यानकेन्द्रको रुपमा विकास गर्न सके बोलबम धाम र पार्कको विकास छिटो हुने बताउनुभयो । धार्मिक, सांंस्कृतिक, ऐतिहसिक र पर्यटकिय महत्त्व बोकेको बोलबम धामलाई पर्यटन संगै धार्मिक अस्थाको केन्द्रको रुपमा विकासका गति अघि बढाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेकोले यस प्रसिद्ध धामलाई विश्वभर प्रचारप्रसार गरेर हिन्दु सनातन धर्मवालम्बीहरु ल्याउने गरि मिलेर काम गर्ने संस्कार र संस्कृतिको खाँचो रहेको उल्लेख गर्नुभयो ।
धामको गुरुयोजना अनुसार मुख्य मन्दिर निर्माण सम्पन्न भएको छ भने लगत्तै मन्दिरमा आँखाी झ्याल लगाउने र बाँकी ४० प्रतिशत संरचनाहरुको व्यवस्थापन र निर्माण कार्य २ बर्ष भित्र सप्पन्न गरि विधिवत रुपमा मन्दिर उद्घाटन गर्ने अध्यक्ष कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सांसद कमला बि.क. बोलबम धामका निवर्तमान अध्यक्ष रामबली चौधरी लगायतले बोल्दै पछिल्लो समयमा धाममा भैरहेका पूर्वाधार विकासले मन्दिरको व्यवस्थापन र संंरक्षणमा भुमिका खेलेको छ भने बाकी निर्माणाधिन संंरचनाहरुलाई पुर्णता दिएर अन्तराष्ट्रिय स्तरसम्म बोलबम धामको इतिहासलाई प्रचारप्रसार गरि सबै मिलेर यसको थप बिकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन समितिका सदस्य चित्र के.सि.को संचालनमा रहेको कार्यक्रममा धामका शुभेच्छुक, धामका आजिवन सदस्य, धार्मिक व्यक्तित्व, जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियोे ।