
जैमिनी बिनामारे, बागलुङ ।
मिति २०८२ असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालन भएको चम्किलो तारा युवा क्लबद्वारा आयोजित खेलकुद, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको क्लबले जनाएको छ।
क्लबले देश–विदेशका दातृ निकाय, सहयोगी, शुभेच्छुक, खेलाडी, समाजसेवी, शैक्षिक संस्था तथा सरकारी निकायहरूलाई आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि हार्दिक धन्यवाद जनाएको छ।

क्लबले कार्यक्रमको आम्दानी तथा खर्च विवरण पनि सार्वजनिक गरेको छ। क्लबको कुल आम्दानी रू. ७,९४,७३० र कुल खर्च रू. ६,०३,४४० भएको छ। कुल बचत रकम रु. १,९१,२९०
खर्च विवरण यस प्रकार छः
पुरुष भलिबल पुरस्कार : रु. १,१४,४४४
महिला भलिबल पुरस्कार : रु. ३०,०००
हाजिरीजवाफ प्रतियोगिता : रु. १९,०००
नृत्य प्रतियोगिता : रु. १९,०००
अफिसियल : रु. २५,०००
मिडिया पार्टनर : रु. २२,५००
कलाकार पारिश्रमिक : रु. ४७,०००
कलाकार यातायात : रु. १५,०००
साउन्ड सिस्टम : रु. ४५,०००
खेलाडी व्यवस्थापन : रु. १४,०००
खाजा/खाना (स्वयंसेवक, अतिथि, मिडिया, कलाकार आदि) : रु. ९८,४००
पर्वत स्पोर्ट हाउस : रु. ५३,०७०
सयपत्री अफसेट (मुद्रण) : रु. ६२,९९५
यातायात तथा पेट्रोल खर्च : रु. १५,०००
छात्रवृत्ति : रु. १३,०००
अन्य खर्च : रु. १०,०३०
जम्मा खर्च : रु. ६,०३,४४०
यस अनुसार कुल बचत रकम रु. १,९१,२९० रहेको क्लबले जनाएको छ।
क्लबले पारदर्शिता र उत्तरदायित्वका सिद्धान्त अनुरूप सबै आम्दानी–खर्च विवरण सार्वजनिक गरेको जनाएको छ। साथै, “हामीबाट केही त्रुटि वा कमजोरीहरू भए होलान्, आगामी दिनमा सुधार गर्दै अझ सशक्त रूपमा अगाडि बढ्नेछौं,” भन्ने प्रतिबद्धता पनि जनाएको छ।

















