वाणगंगामा बैंकर्स क्लब गठन, जेष्ठ १७ गते कविता कन्सर्ट हुदै

टिका खरेल, सैनामैना । कपिलवस्तुको वाणगंगामा वाणगंगा बैंकर्स क्लब गठन भएको छ । वाणगंगामा कार्यक्षेत्र रहेको बित्तिय संस्थाहरुमा कार्यरत बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू सदस्य रहने गरी क्लब गठन गरिएको हो ।

शोभाखर भट्टराईको अध्यक्षमा तदर्थ समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा नविन भुसाल, सचिवमा तारा नाथ भुषाल, सह–सचिवमा प्रकाश चन्द्र कडायत तथा कोषाध्यक्षमा अरुण पौडेल सहित ११ सदस्य समिति गठन भएको हो ।
क्लब गठन संगै समितिले बिभिन्न विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिलाई अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले यही जेष्ठ १७ गते साहित्य तथा मनोरञ्जन प्रवद्र्धन गर्ने उद्देश्य सहित नवराज पराजुलीको प्रस्तुतीमा कविता कन्सर्ट आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त कविता कन्सर्ट कपिलवस्तुको बङ्गंगा–४ स्थित पिस हिमालयन रिर्सोटमा आयोजना हुने जनाइएको छ । कार्यक्रममा प्रवेश शुल्क रु. ५००/१००० निर्धारण गरिएको छ भने कार्यक्रम दिउँसो ३ः०० बजेबाट सुरु हुने आयोजकले जनाएको छ । नवगठित क्लबले बैंक तथा वित्तीय संस्थाबीच समन्वय, सहकार्य तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गदै जाने नवगठित समितिका सचिव तारानाथ भुषालले जानकारी गराउनु भयो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation