![](https://upakaronline.com/wp-content/uploads/2022/10/ram_kumari_jhakri_1656322690-670x420.jpg)
गुल्मी क्षेत्र नं.२ बाट प्रतिनिधि सभा तर्फ बाम लोकतान्त्रिक गठवन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीलाई एमालेबाटै रचनात्मक सहयोग मिलेको छ । उहाँलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले खुलेर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको हो।
गौतमले आइतवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालय गुल्मीमा पत्रकार सम्मेलन मार्फत रामकुमारी झाँक्रीलाई निर्वाचनमा खुलेर सहयोग गर्ने जानकारी गराउनु भएको छ। उहाँले भन्नु भएको छ“ मेरो एमाले प्रती कुनै गुनासो छैन तर एमाले उठाएको उम्मेदवार प्रती ठूलो गुनासो र आपत्ति छ , साथै गोकर्ण विष्ट तर्फ लक्षित गर्दै उहाँले थप्नु भयो, आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउन सर्वोच्चमा जाने तर उहीँ पार्टीमा बसेर टिकट लिने र चुनाव लडने विष्टको नैतिक पतन भएको आरोप समेत लगाउनु भयो झझ। तत्कालीन नेकपा हुँदै एमाले पार्टी विभाजनमा गोकर्ण विष्टको हात रहेको बताउदै उहाँलेल एक पटक जिल्लामा सम्पुर्ण कार्यकर्ता ,जनता समक्ष आत्मालोचना गर्नु पर्ने उल्लेख गर्नु भयो । त्यस्तै उता एकीकृत समाजवादीकी सचीव समेत रहेकी रामकुमारी झाँक्रीलाई सम्मान गर्दै यस पटक उहाँलाई जिताउनु पर्ने धारणा व्यक्त गर्नु भयो। गौतमले कुनै राजनीतिक परिवार,धन सम्पत्तिका कारण नभई एक आन्दोलनले जन्माएको निडर नेतृ रहेको बताउदै यस पटक उहाँलाई विजय बनाउनु आफ्नो दायित्व रहेको समेत प्रष्ट पार्नु भयो ।
पार्टीले कारबाही गरे के गर्नु हुन्छ भन्ने रु सञ्चारकर्मीको जिज्ञासामा उहाँले ,कारबाही गरे भोग्न तयार रहेको र कारबाही गरे पनि कुनै राजनीतिक दलमा रहेको सक्रिय राजनीति गर्ने उल्लेख गर्नु भयो । गौतम नेकपा एमालेका जिल्ला स्तरीय प्रभावशाली नेता हुनुहुन्छ। २०३९ सालमा तत्कालीन नेकपा माले बाट राजनीतिक यात्रा सुरु गरेका गौतमले २०४९ सालमा पाल्पा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सभापति पदमा निर्वाचित हुनु भएको थियो। साथै गौतम यस पटकको निर्वाचनमा गुल्मी २ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस समेत हनु भएको थियो ।