कपिलवस्तु नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन थाल्यो

कपिलवस्तु। कपिलवस्तु नगरपालिकाले छाडा गाईगोरुको व्यवस्थापन थालेको छ । छाडा गाईगोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरान खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेको हो ।

नगर प्रमुख सुदीप पौडेलको सक्रियतामा नगरपालिकाको वडा नं. ३ स्थित चपरतल्लामा गाईगोरुको व्यवस्थापन थालिएको हो ।तौलिहवा र आसपासका छाडा गाईगोरुको व्यवस्थापन थालिएको नगर प्रमुख पौडेलले बताए ।

वरपर तारजाली लगाएर कान्जि हाउस निमार्ण गरी हालका लागि उक्त काम गरिएको उनले बताए । पछि व्यवस्थित रुपमा गाईगोरुको व्यवस्थापन गरिने र हालका लागि यहीँ व्यवस्थापन गरिएको उनले बताए ।

छाडा गाईगोरुको हैरानी खेपेपछि विद्यार्थीहरुले तौलिहवामा प्रदर्शन गरेका थिए । नगर प्रमुख पौडेलले ठाउँको अभावका कारण गाईगोरुको व्यवस्थापन गर्न नसकिएको बताए । जंगलको जग्गा कानुनले प्रयोग गर्न नदिने र अन्यत्र जग्गाको अभावमा सोचे अनुसार काम गर्न नसकिएको उनले जनाए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation