
उपकार अनलाइन, रुपन्देही ।
रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेमा ग १ ख ४९७७ नम्बरकाे यात्रुबाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै लाग्दा मधुवन भन्ने स्थानमा दुर्घटनामा परेको वडा अध्यक्ष रेम बहादुर रानाले बताए ।
वडा अध्यक्ष रानाका अनुसार मृतकहरु सबै रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेका हुन्। रातको समयमा जंगल क्षेत्रमा दुर्घटना भएका कारण समयमा उद्धार हुन नसकेको उनले बताए।
अहिले म घटनास्थलमै छु घाईतेहरुलाई उपचारका लागि बुटवल पठाईएको छ। गाडीमा अझै पनि ६ जना च्यापिएको अवस्थामा रहेका छन् उनले भने। दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल अप्ठेरो भिरमा खसेको र रातको समय भएकोले क्षतीको एकिन बिवरण पाउन नसकिएको उनले बताए।
मृतक र घाईतेहरु एकै ठाउका हुन तर को को हुन भन्ने अझै खुल्न सकेको छैन वडा अध्यक्ष रानाले भने।