सम्मरीमाई ३ तथा पिपरहवाद्वारा कम्बल वितरण

रुपन्देही । मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं।३ को वडा कार्यालय थुम्हवा,पिपरहवा द्वारा जेष्ठ नागरिक,एकल महिला,महिला तथा अपांग भएका व्यक्तिलाईहरु कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

सम्मरीमाई गाउपालिका वडा नं।३ द्वारा जेष्ठ नागरिक,एकल महिला,महिला,अपांग पुरुष(महिला गरि कुल ३ सय ९० जनाहरुलाई कम्बल वितरण भएको छ। कम्बल वितरण कार्यक्रममा प्रमुख अतिथि सम्मरीमाई गाउपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले मन्तव्यको क्रममा बोल्दै सम्मरीमाई गाउपालिकाको तर्फबाट गाउपालिकाको सबै सर्वसाधारण जनताहरुलाई निरन्तर यस्ता जाडोको समयमा न्यानो कपडा ९कम्बल० र न्यानो लुगा वितरण गर्ने बताएका छन ।

सो कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष सम्मरीमाई गाउपालिका वडा नं ३ का वडा अध्यक्ष अदहम अलि देवानले रुपन्देही जिल्ला सहित तराईका विभिन्न जिल्लामा विगत केही दिनदेखि अत्यधिक जाडो का कारण जनजिवन प्रभावित भएको छ। बिहान देखि हुस्सु र शितलहर चल्न थाले पछि चिसो बढेको हो यो जाडो मौसम लाई मध्य नजर राख्दै बिहानमा जेष्ठ नागरिक,एकल महिला,महिला तथा अपांग हरुलाई कम्बल ओढेर हिडडुल गर्ने सजिलो हुन्छ र विषेश गरि जेष्ठ नागरिक ६५-७० बर्ष नाघेको लाई सम्मानित कम्बल वितरण गरेको बताएका छन्।

कार्यक्रम का अध्यक्षमा वडा अध्यक्ष अदहम अलि देवान रहेका थिए भने प्रमुख अतिथिमा सम्मरीमाई गाउपालिका का अध्यक्ष विनोद कुमार श्रीवास्तव,विशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष कुमारी प्रिंका शाही सिह,समाजसेवी नेता सहाबुद्दिन देवान,अष्ठभुजा प्रसाद पाण्डे,अमरावती हरिजन,इन्द्रावती कहाइन,मुकेश प्रसाद पाण्डे,विनोद धोवि कार्यक्रम संचालकमा वडा सचिव मेघु प्रसाद धवल थिए र उक्त कार्यक्रममा विभिन्न किसिमका बुद्धिजीवी र समाजसेवी लगाएतको उपस्थिति रहेको थियोे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation