मर्चवारीमा पुन: एक पटक स्थायी परिवार नियोजन शिविर सञ्चालनमा

रुपन्देही ।  रुपन्देहीको मर्चवारी गाउपालिका मा पुनः एक पटक स्थायी परिवार नियोजन शिविर संचालन हुन गइरहेको छ। यश अघि ३ दिन संचालन भएको शिविरमा ६३ जना मिनिल्यप, ३ जना इम्पालान्ट सेवा गरि कुल ६६ जना सेवा लिएको मर्चवारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले बताएका छन ।

त्यो ३ दिने शिविरमा छुटेका व्यक्ति हरुको माग अनुसार पुनस् एक पटक स्थायी परिवार नियोजन शिविरको आयोजना गरिएको शाहले बताएका छन । स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा र मर्चवारी गाउपालिकाको आयोजनामा माघ १३ गते शुक्रबार रायपुर प्राथमिक स्वास्थ्य केन्द्र अमवाईमा पुनस् एक दिनको लागि शिविर संचालन हुने मर्चवारी गाउपालिका का अध्यक्ष गया प्रसाद बरई ले बताएका छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation