प्युठान । प्युठानको माण्डवी गाउँपालिले कार्यान्वयन गरेको निः शुल्क स्वास्थ्य विमा कार्यक्रमका लागि लक्षित वर्ग तथा मापदण्ड निर्धारण गरिएको छ।
गाउँपालिकाको १३ औं हिउदे अधिवेशनले माण्डवी वासीलाइ निः शुल्क स्वास्थ्य विमा गर्ने कार्यविधि २०७९ पारित गरे सँगै सो कार्यक्रम कार्यान्वयनका लागि वाटो खुलेको थियो। गाउँपालिकाले एक कार्यविधि नै जारी गरि यसको मापदण्ड निर्धारण गरेको हो।कार्यविधि अनुसार नेपाली नागरिक भई गाउँपालिकाको स्थायी वासिन्दा हुनु पर्ने तथा नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ(संस्था तथा अन्य कुनै अन्तर्राष्ट्रिय सरकार वा संघ(संस्था वाट मासिक रुपमा तलव भत्ता ,पेन्सन वा यस्तै प्रकारका अन्य मासिक सुविधा प्राप्त गर्ने व्यक्ति भने यसको मापदण्ड भित्र पर्ने छैनन्।यस्तै ५ लाख भन्दा माथि पुँजी लगानी गरि व्यवसाय सञ्चालन गरेको व्यक्ति,निर्माण व्यवसायी ,ठेकेदार,जनप्रतिनिधि तथा कर्मचारी समेत यस कार्यक्रमको लक्षित वर्ग नभएको गाउँपालिका द्वारा जारी कार्यविधिमा उल्लेख छ।
गाउँपालिकाले आजै एक सुचना जारी गर्दै स्वास्थ्य विमा गराउन छुटेका लाभग्राहीहरुको विवरण सङ्कलन गरि माघ १५ भित्र गाउँपालिकामा पठाउन समेत सवै वडाहरुलाई अनुरोध गरेको छ ।यो सँगै गाउँपालिका वासी मध्ये लक्षित वर्गमा पर्ने ५ जना सम्मको परिवारले वार्षिक रु। १ लाख सम्मको निस्शुल्क स्वास्थ्य उपचार पाउने र १०जना सम्मको परिवारले भने रु १लाख ५० हजार सम्मको निस्शुल्क स्वास्थ्य सेवा पाउने कार्यविधि मै व्यवस्था गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि।अहेव नारायण जिसीले वताउनु भएको छ।