
प्युठान । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका कार्यक्रमहरुआज देखि माण्डवी (१ तिराममा देखि सुभाराम्भ भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले कार्यक्रमको व्यानर पढेर उद्घाटन गर्नु भएको छ ।कार्यक्रममा अध्यक्ष अधिकारीले सरकारले गरेको लगानी अनुसारको प्रतिफल आउनु पर्ने बताउनु भएको छ ।
साथै उहाँले रोजगारको क्षेत्रमा नमूना योग्य काम गर्ने अनुरोध गर्नु भएको छ । वाड न।१ का अध्यक्ष बाम बहादुर बुढाको अध्यक्षतामा भएको सुभाराम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,जनप्रतिनिधि,कर्मचारी, रोजगार कार्यक्रममा सहभागीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण माण्डवी गाउँपालिका रोजगार संयोजक भेषराज अधिकारीले गर्नु भएको थियोे ।