खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई प्रशिक्षण सम्पन्न

कपिलवस्तु । खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई प्रशिक्षण सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग तथा खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

उक्त सिलाई कटाई प्रशिक्षणमा कुल १६ जना प्रशिक्षणार्थीहरु रहेका थिए । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खाँ को प्रमुख आतिथ्यता, १ नम्बरका वडा सचिव सुबास गौतम तथा प्रमुख एवं प्रशिक्षक रेहाना खातुन समाजसेवी सदाब खान, नसिमा खातुन लगायतको आतिथ्यतामा टिका लगाई प्रमाण पत्र प्रदान गरि प्रशिक्षार्थीहरुलाई विदाई गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा जाहिद खानले यस्तो शिपमुलक कार्यक्रमले यहाँका गरिब असाहयहरुलाई रोजगारमा अन्तमनिर्भर बनाई सानो रोजगार सहि तर रोजगारको सृजना गरेको बताउनु भएको थियो । आउने दिनमा यस खान सिलाई कटाई प्रशिक्षण केन्द्रले यहाँका गरिब महिलाहरुलाई अन्तमनिर्भर बनाई रोजगारको सृजना गराउन कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

खान सिलाई कटाई प्रशिक्षण केन्द्रका प्रमुख एवं प्रशिक्षक रेहाना खातुनले यो एक महिना तालिममा गरिब, बेरोजगारहरुलाई अन्तमनिर्भर बन्न सानो सहयोग गरेको तर यस कपिलवस्तु नगरपालिका तथा वडा कार्यालयहरुले यस्ता शिपमुलक कार्यक्रम लाई आगामि दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रशिक्षक खातुन विगत २० बर्ष देखि सिलाई कटाई गर्दै आउनुभएको छ । उहाँले नगरपालिका, वडा कार्यालय लगायत विभिन्न संघ संस्था बाट प्रशिक्षण तालिम लिइ प्रशिक्षण दिइरहनुभएको छ । रेहाना सिलाई कटाई प्रशिक्षण केन्द्र बाट अहिले सम्म २०० जना भन्दा बढी प्रशिक्षणार्थीहरुले प्रशिक्षण लि अहले आफ्नो सिलाई कटाई गरी पैसा कमाई रहेके छन

प्रशिक्षणार्थीहरुले कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग र खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा जुन यस्तो शिपमुलक कार्यक्रमले आफुहरुलाई रोजगारको सृजना गराएकोमा केन्द्र तथा नगरपालिका वडा नम्बर १ लाई धन्यबाद दिदै खुसी व्यक्त गरेका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation