
उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा सैनामैना महोत्सव सुरु भएको हो । फागुन २८ गतेसम्म सञ्चालन हुने मेलाको लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले एक समारोहकाबिच समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य भूमिश्वर ढकालले नगरमा आयोजित यस मेलाले सैनामैनाको विकासलाई देशव्यापी रुपमा परिचित गराउन सफल हुने बताउनुभयो । मेलाले नगरमा रहेका धार्मिक एवम् पर्यटकीय स्थल, कला र संस्कृतिहरुको पहिचान एवम् यहाँ रहेका सबै सामाजिक संघ संस्थाहरुको बिचको एकतालाई अझै मजबुत बनाउने बताउनुभयो ।
देश आर्थिक रुपमा अप्ठ्यारो परिस्थितिमा रहेको र उद्योगी व्यापारीका सम्वन्धमा पनि भन्सार, कर लगायतका अनेकौ समस्या रहेकोमा यि समस्या समाधान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने ढकालको भनाइ छ । साथै मेलामा कृषि उत्पादन, हस्तकला, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा ढकालले जोड दिनुभयो ।
विशिष्ठ अतिथि सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले मेलाले आर्थिक रुपमा चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मेलामा कृषिमा आधारित व्यापार पवद्र्धन गर्नुपर्नेमा जोड दिदैँ स्थानीय सरकार सहयोगका लागि सदैव साथमा रहेको बताउनुभयो ।
समुद्घाटन समारोह महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षता, लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य कमला विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागार्ई, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैना उपप्रमुख विना राना, पूर्व नगरप्रमुख चित्र बहादुर कार्की, मेलाका मुख्य प्रायोजक पुनम गुप्र प्राइभेट लिमिटेडका चेयरपर्सन प्रदिप गौतमको विशिष्ठ आतिथ्यता एवम् संघका पूर्व अध्यक्ष दुर्गा गौतम, विज्ञापन संकलन उपसमिति संयोजक मिन प्रसाद पौडेल, वडा नंं ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी लगायतको आतिथ्यतामा भएको हो ।
महोत्सवमा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपाने, परिचय पत्र व्यवस्थापन तथा पत्राचार वितरण उपसमिति संयोजक भिमलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको हो ।