छत्रकोट गाउँपालिका गुल्मीमा माटो परिक्षण सम्पन्न

कालिदास आत्रेय, गुल्मी ।
छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा छत्रकोट–६, गैरिखुट्टामा माटो परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीको सहकार्य र माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाकेको प्राबिधिक सहयोगमा छत्रकोट–६ गैरिखुट्टामा सम्पन्न माटो परिक्षण कार्यक्रममा छत्रकोट–६,दौघाका १७० र छत्रकोट–५, खर्ज्याङ्का ५० गरि २२० जना किसान हरुको निसुल्क माटो परिक्षण गरिएको थियो ।

माटो परिक्षण पछिको रिपोर्टमा सो क्षेत्रको माटोमा पि एच नर्मल फोसफोरस नाइट्रोजन मिडियम र पोटासको मात्रा हाइ रहेको जनाइएको छ । छत्रकोट–६, का वडा अध्यक्ष नारायण रेस्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिती माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाकेका प्रमुख कमल शाही, विशिष्ट अतिथि छत्रकोट–५, का वडा अध्यक्ष राम प्रसाद कंडेल रहनु भएको थियोे । त्यसैगरी छत्रकोट–६, का वडा सदस्यहरु धर्मराज ढकाल र संगीता नेपालीको आतिथ्यता रहेको थियोे । कार्यक्रमको संचालन कृषि प्राबिधिक पबित्रा घिमिरेले गर्नुभएको थियोे ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation