होलीको रमाइलोमा घैटा फुटाउने खेल

कपिलवस्तु । आज कपिलवस्तु सहित तराई–मधेशका जिल्लामा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर शुभकामना साटासाट गर्दै हर्सोउल्लासका साथ होली पर्व मनाइएको छ । पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने प्रचलन रहेको छ ।

कपिलवस्तुका विभिन्न ठाउँमा होली विशेष कर्यक्रम गरेर होली पर्वलाई धुमधामका साथ मनाइएको छ । जिल्लाको बाणगंगाका चारनम्बर, बोडगाउँ, राजापानि लगायतका विभिन्न ठाउँमा घैटा फुटाउने लगायतका विभिन्न कार्यक्रम गरेर होलीलाई थप उत्साहपुर्ण तरीकाले मनाइएको छ ।

त्यस्तै कपिलवस्तुका विभिन्न पर्यटकिय स्थलमा आज होली मनाउने र घुमघाम गर्नेको भिड लागेको थियो । राजापानि, मधौलियामा रहेको लभ पार्क, लक्ष्मणघाट, कपिलधाम, मधुवनधाम लगायतका विभिन्न स्थलमा आज आन्तरिक पर्यटकको भिड लागेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation