उत्तमनगर (मिलन) टोल विकासको अध्यक्षमा पौडेल

उपकार अनलाईन, कपिलवस्तु ।
बाणगंगा नगरपालिका वडा नं. १ को उत्तमनगर (मिलन) टोल विकास सस्थाको अध्यक्षमा शंकर पौडेल चयन हुनुभएको छ । वडा अध्यक्ष सञ्जु सारुको अध्यक्षतामा वसेको उत्तमनगर गाउँ भेलाले पौडेललाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै उपाध्यक्ष खिमा पौडेल, सचिव राम प्रसाद गैरे, कोषध्यक्ष कमला बेल्वासेलाई उक्त भेलाले सर्वसम्मतरुपमै चयन गरेको हो । सदस्यहरुमा डिलाराम पोख्रेल, कल्पना गैर, धन बहादुर सोमै, जगन्नाथ घिमिरे र रमा वेल्वासे चयन भएका छन् ।
टोल विकास सस्थाको अध्यक्षमा सर्वसम्मत चयन गरेको भन्दै नव निर्वाचित अध्यक्ष पौडेलले वडा अध्यक्ष लगायत सम्पुर्ण उपभोक्ताहरुलाई धन्यवाद व्यक्त गनुभएको छ । यस उत्तमनगर (मिलन) टोल विकासका लागि आफु सधै लागि पर्ने वताउदै सवैबाट साथ र सहयोगको अपेक्षा राख्नुभएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation