कपिलवस्तुका आधा दर्जन पेट्राल पम्पको अनुगमन

कपिलवस्तु ।  जन गुनासो बढे पछि कपिलवस्तुका आधा दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल, संचारकर्मी सहितको टोलीले जिल्लाका ३ पालिकाका ६ वटा पेट्रोल पम्पको अनुमगन गरेको हो।

पेट्रोल पम्पले नाप र गुणस्तरमा ठगी गरेको भन्ने व्यापक जन गुनासो छ। नाप तौल कार्यालय बुटवलका प्रमुख वरिष्ठ निरीक्षक शम्भु कुमार झा, प्रशासन कार्यालयका अधिकृत बावुराम पोख्रेल सहितको टोलीले कपिलवस्तु र बाणगंगा नगरपालिका तथा सुद्धोदन गाउपालिकामा रहेको पेट्रोल पम्पको अनुमगमन गरेको हो।वरिष्ठ निरीक्षक झाले जन गुनासो बढे पछि पेट्रोल पम्पको अनुगमन गरिएको बताए।

कपिलवस्तु नगरपालिकाका शंकर पार्वती, चिन्नीलाल, पचेहराको आर्दश अटो मोबाईल्स  सुद्धोदन गाउपालिका – १ रिया आयल्स सप्लायर्स  बाणगंगा नगरपालिका– ४ लुम्बिनी पेट्रोलियम वडा नम्बर ११ स्थित न्यु सिद्धार्थ डिजल्स सेन्टरमा अनुमन गरिएको हो।

टोलीले ६ वटै पेट्रोल पम्पमा डिजेल र पेट्रालको नाप जाच गरेको अधिकृत पोख्रेलले बताए । ६ वटै पेट्रोल पम्पमा नापको मात्रा ठिकै भेटिएको उनले बताए।टोलीले पट्रोल पम्पलाई सुरक्षाको उपायहरुका मापदण्ड पालना गर्न निर्देशन समेत दिएको थियो । यस्तै ३ वटा पेट्रोल पम्पलाई सक्कली प्रमाण पत्रका कागजात सहित प्रशासन कार्यालयमा उपस्थित  हुन निर्देशन समेत गरको पोख्रेलले बताए।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation