रास्वपा बाणगङ्गा ५ को सभापतिमा खनाल

उपकार अनलाईन, कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तारमा तिब्रता देखिएको छ। बाणगंगाको वार्ड नम्बर ५ झन्डामा भएको वडा भेलाले धनिश्वर खनालको सभापतित्वमा वडा समिति गठन गरेको छ। जसको सचिब मा लक्ष्मी गैरे, कोषाध्यक्षमा शृजना आचार्य सदस्यहरुमा क्रमश जुना पन्थी, राधिका भट्टराई ,तुलसा अधिकारी ,बिपिन पोख्रेल, प्रेम बहादुर नेपाली लगायतको वडा समिति निर्वाचित भएको छ।

वडा भेलाको सभापतित्वमा त्यसै वडाका सम्मानित जेष्ठ नागरिक डाल प्रसाद भुसाल हुनुहुन्थ्यो। प्रमुख अतिथी रास्ट्रीय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेस प्रवक्ता कमल पोख्रेल ,जिल्ला सभापति शिव कुमार सुवेदी र जेष्ठ नागरिक खुमानन्द पोख्रेलको बिशिस्ट आतिथ्यता, वार्ड नम्बर २ र ११ का वडा सभापति षडानन्द न्यौपाने र नारायण खनाल, औषधि ब्यबासाइ संघका पुर्व जिल्ला उपाध्यक्ष बिक्रम थापाको आतिथ्यतामा वडा समिति तथा वडा पार्टी कार्यालय समेत उद्घाटन गरिएको छ। कार्यक्रमको संचालन नगर सभापति बुद्दी सागर बेल्वासेले गर्नुभएको थियो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation