अर्घाखाँचीको शितगंगामा श्रीमानले गरे श्रीमतीको हत्या

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करिब ४ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको हो ।

पारिवारिक विषयमा आपसी बिबाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैँ समर्पण गरेको स्थानीयले जानकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए ।

मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation