लियो क्लबद्धारा बाणंगङ्गाका एक विपन्न परिवारलाई खाध्य सामग्री वितरण

कपिलवस्तु । विगत ५ बर्ष बाट समज रुपान्त्रण गर्ने र हामी सेवा गर्छौ भन्ने मुल आधर बोकेर अघि बढेको लियो क्लब अफ कपिलवस्तुले घटस्थापनाको अवसरमा बाणंगङ्गाका एक अति विपन्न परिवार लाई खाध्यन्न सामाग्री वितरण गरेको छ । लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष सागर बन्जाडेको अध्यक्षता, बाणगंगा नगरपालिका वडा नम्वर ९ का अध्यक्ष कमल पौडेको प्रमुख आतिथ्यता, तथा लियो क्लब अफ कपिलवस्तुका द्धितिय उपाधयक्ष प्रविण गौतमको संयोजकत्वमा उक्त विपन्न परीवार लाई खाध्य सामाग्री वितरण गरीएको हो ।

यसरी लियो क्लब अफ कपिलवस्तुले एक घर मेरो परिवार अभियान सम्पन्न गरेको छ । लियो जिल्ला परिषद ३२५ पी नेपाल अन्तर्गत पर्ने संस्थाले आयोजना गरेको कार्यक्रम २ तहमा गरेको छ । कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष कमल पौडेलले बजार देखी गउँ गउँ सम्म लियो क्लबको आखा गएकोमा आफु र सिङ्गो वडा खुशी भएको भन्दै अझै यस्ता कार्यलाई बढवा दिनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । त्यस्तै लायन्स क्लब अफ कपिलवस्तुले उक्त परिवारकी माईली छोरीको आखाको उपचारका लागी सहयोग गर्ने र लियोका अध्यक्ष बन्जाडेले छोरा छोरीलाई आवश्यक पर्ने शैक्षिक सामाग्रीको व्यवस्था गर्ने कुराको खुलेर प्रसंसा गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा तृतिय उपाध्यक्ष मधुसुदन गन्धर्व, क्लबका प्रेस संयोजक पशुपती गिरी, अमृत सापकोटा, आसिस भट्टराई, हरी गैरे, दिपक आचार्य, सन्देश चुँदाली, सन्तोस पाण्डे, अमृत सापकोटा, विनोद पौडेल, त्यस्तै लायन्स बाट भने लायन्सका अध्यक्ष राम सुभाग्गे थारु, मिडिया संयाजक नवराज बेल्वासे, ओमप्रकास घिमिरे, सागर घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै लियो क्लब अफ कपिलवस्तु र लायन्स क्लब अफ कपिलवस्तुले संयुक्त रुपमा बडा दशैको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष सागर बन्जाडेको अध्यक्षता, एरिया १ का एरिया प्रमुख श्रीधर कुवरको प्रमुख आतिथ्यतामा बाणगंगा १ बैरीयामा रहेको आफ्नै सचिवालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लायन्सका सुरेन्द्र घिमिरे, राम शुभाग थारु, सन्दीप भट्टराई, ओम प्रकाश पौडेल, सागर घिमिरेको बिशिष्ट आतित्यता रहेको थियो ।

No description available.

शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा लियो क्लब अफ कपिलवस्तुका संस्थापक अध्यक्ष नवराज घिमिरेले आज घटस्थापनाको महत्वको बारेमा प्रस्ट पार्नुभएको थियो । साथै उहाँको हात बाट टिका ग्रहण समेत गरीएको थियो ।

एरिया १ का एरिया प्रमुख श्रीधर कुवरले लियो, लायन्स लगायत सम्पुर्ण नेपालीहरुमा दशैँ को शुभकामना दिदैँ लायन्स र लियाले समाजका हरेक क्षेत्रमा नजर पुर्याउन आवश्यक रहेको बताउनु भएको थियो । त्यस्तै लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष सागर बन्जाडेले बडा दशैँको शुभकामना दिदै आफुले विशेष कारण बस टिका ग्रहण गर्न नपाए पनी खुसी रहेको बताउनु भएको थियो । त्यस्तै अघि बोल्दै उहाँले क्लब लाई व्यवस्थित ढगँ बाट अघि बढाउनको लागी क्लबका सम्पुर्ण पदाधिकारीको सहयोग आवशयक रहेको बताउनु भएको थियो ।

त्यस्तै लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष राम शुभगगे थारु, लायन्सका रिजन १७ का प्रमुख सुरेन्द्र घिमिरे, बर्ष १९/२० का लियो को–ओडिनेटर सागर घिमिरे, बर्ष २१/२२ का लियो को–ओडिनेटर ओम प्रकाश घिमिरे, बर्ष २२/२३ का लियो को–ओडिनटर सन्दीप भट्टराई लगायतले शुभकामना मन्तब्य राख्दै लियो र लायनसले समाजका हरेक क्षेत्रमा संयुक्त रुपमा कार्य गर्नै प्रतिबद्धता जनाउनु भएको थियो ।

No description available.

लियोका तृतिय उपाध्यक्ष मधुसुधन गन्दर्वको स्वागत मन्तव्य तथा क्लबका सचिव दिपक आचार्यको सन्चलन तथा सह–सचिव मनिष घिमिरेको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation