बुटवलबाट पाल्पाको जुठापौवा जादै गरेको जिप छहरामा दुर्घटना

पाल्पा । पाल्पाको रैनादेवी छहरा–४ मा गएराती जिप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुटवलबाट यात्रु लिएर जुठापौवा जादै गरेको लु १ ख १४३१ नम्बरको जिप भैरव मावि छहराको निमार्णधिन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए । जिपमा १० जना यात्रु रहेको र घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

राती १२ बजे बुटवलबाट जुठापौवाको लागि हिडेको जिप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन । घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि पठाइएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation