भारतले सातौं पटक जित्यो एसिया कप क्रिकेटको उपाधि

भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। बंगलादेशको सिलहटमा शनिबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो।

श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ६९ बल बाँकी छँदै भेट्टायो।

भारतको जितका लागि स्मृति मन्धनाले नटआउट ५१ रन बनाइन्। कप्तान हरमनप्रीत कौरले पनि नटआउट ११ रन बनाइन् भने सेफाली बर्माले ५ र जेमिमा रोड्रिगेज २ रन जोडिन्।

अहिलेसम्म महिला एसिया कप ८ पटक भएको छ। भारतले एउटा संस्करणमा मात्र उपाधि हात पार्न सकेको छैन।

महिला एसिया कपको सुरूआत सन् २००४ मा भएको थियो। त्यतिबेला यो प्रतियोगिता एक दिवसीय थियो। २०२२ मा पहिलो पटक यसको फर्म्याट बदलेर टी२० बनाइएको हो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation