श्रावणी एकादशीको अवसरमा नवदुर्गा भवानी मन्दिरमा आज भव्य महाआरती

सैनामैना । रुपन्देहीको सैनामैना–३, मुर्गियास्थित नवदुर्गा भवानी मन्दिर (प्रस्तावित शैलपुत्री शक्ति पीठ) मा श्रावणी हरिशयनी एकादशीको पावन अवसरमा श्रृङ्गारिक महाआरती आयोजना हुने भएको छ।

आयोजकका अनुसार २०८३ श्रावण ५ गते शनिबार (आज) बेलुका ६ः३० बजेदेखि सञ्चालन हुने महाआरती कार्यक्रममा सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई धार्मिक पुण्य लाभ लिन हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम नवदुर्गा भवानी मन्दिर परिसर, सैनामैना–३, मुर्गियामा आयोजना हुने जनाइएको छ। आयोजकले भक्तजनलाई समयमै उपस्थित भई महाआरती, भजन–कीर्तन तथा धार्मिक वातावरणमा सहभागी हुन आग्रह गरेको छ।

थप जानकारीका लागि आयोजकले ९८५७०३७६८८ र ९८५७०४७६९१ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation