बबई नदीमा बेपत्ता दुई किशोरीको शव भेटियो

उपकार अनलाईन ।
दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् ।

शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका(२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब २७ घण्टापछि फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका११ को मोतीपुर नजिकै शनिबार दिउँसो १ बजेतिर बबई नदीमा नुहाउन गएका तीन जनामध्ये दुई जना वेपत्ता भएका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation