टी–२० विश्व कप : अफगानिस्तानलाई ६ विकेटले हराउदै श्रीलङ्का समुहको तेस्रो स्थानमा

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हराएको छ । ब्रिस्बेनमा आज मङ्गलवार भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई छ विकेटले हरायो ।

अफगानिस्तानले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेटायो । उसका लागि धनन्जय डी सिल्भाले नटआउट ६६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान र राशिद खानले दुईरदुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४४ रन बनायो । उसका लागि रहमनुल्लाह गुरबाजले २८ र उसमान घानीले २७ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले तीन र लाहिरु कुमाराले दुई विकेट लिए ।

यो जितसँगै श्रीलङ्का चार खेलमा चार अङ्कसहित समूह १ को तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अफगानिस्तान चार खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation