बलदेवलाई अधिकारीले १ हजार ५४ मतले पछाडी पारे

उपकार अनलाइन, जितपुर।
कपिलवस्तु प्रतिनिधी सभा १ मा नेकपा एमालेका बलाराम अधिकारीले सुरुवाती अग्रता कायम गर्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार अधिकारीले ३ हजार ४ सय ६९ मत प्राप्त गर्नुभएको छ ।

उहाका निकटतम प्रतिस्प्रधि नेकपा माओवादीका चक्रपाणी खनाल बलदेबले २ हजार ४ सय १५ मत प्राप्त गर्नुभएको छ । खनाल अधिकारी भन्दा १ हजार ५४ मतले पछाडी हुनुहुन्छ ।

यसैगरी अर्का उम्मेदवार नरेन्द्र चौधरी (हर्न) १ हजार ९ सय ३४ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ ।

यस्तो छ मतपरिणाम
– बलराम अधिकारी (सुर्य) – ३४६९
– चक्रपाणी खनाल (हसिया–हथौड़ा) – २४१५
– नरेन्द्र चौधरी (हर्न) –१९३४
– तपेसरि कहाँर (जग) –५९८
– राममिलन थारु (ढकिया)–४२५
– ध्रुव रायमाझी (हलो) –२५८
– ललित गुरुङ (नल्का)– २४५
– सन्जु सिंह बिष्ट (घण्टी‘)–९८
– देबेन्द्र शर्मा (लौरो)–५७

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation