गुल्मी अपडेटः जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

गुल्मी । गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

प्रहरीका अनुसार सत्यवति गाउँपालिका–३ ठूलो लुम्पेकबाट कुटडाँडा लु २ च ५३४० को जिप जाँदै थियो। राति साढे २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि मृत्यु हुनेमा जिप धनी सत्यवति–३ कुटडाँडाका ५१ वर्षीय झलक सोमै, सोहि स्थानका ५५ वर्षीय टीका राहाडी, ४७ वर्षीय रनबहादुर सिंजाली, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमै रहेका छन्।

त्यस्तै घाइते हुनेहरूमा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिंजाली, ४९ वर्षीय वीरबहादुर राहाडी र १७ वर्षीय खण्डन सोमै रहेका छन्।

कार्बोलिन सोमैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घुम्तिमा जिपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट २ सय मिटर तल झरेको प्रहरीले जनाएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation