गुल्मी–१ मा भण्डारी र ज्ञवाली बीच कडा प्रतिस्पर्धा

उपकार अनलाइन, रुपन्देही ।
प्रतिधिसभातर्फ जारी मतगणनामा गुल्मी–१ बाट नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारी र नेकपा एमालेका प्रदिप ज्ञवाली बीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मतगणनामा नेपाली काँग्रेसका भण्डारीले अग्रता लिएका छन् ।

भण्डारीले ९३९० मत प्राप्त गर्दा एमालेका ज्ञवालीले ८८०४ मत प्राप्त गरेका छन् । बुधबारदेखि सुरु भएको मतगणनामा दुई उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ । भण्डारी र ज्ञवाली वीचका मतान्तर ५८६ रहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation