
कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुको छैठौं जिल्ला अधिवेशन यहि मिति २०७९ साल मंसिर २५ गते आईतबार हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको पिस हिमालय रिसोर्टमा छैठौँ जिल्ला अधिवेशन हुने भएको हो ।
आइतवारका दिन छैठौँ अधिवेशन हुने भएकाले सम्पुर्ण कार्य समिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य लगायत सम्पुर्णलाई उपस्थिती हुन लोकदोहोरी गित प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेस्वर अधिकारीले आग्रह गर्नुभएको छ ।