हर्टविट एफ.एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश

कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.लि द्वारा सञ्चालित कपिलवस्तु जिल्लाकै पहिलो व्यावसायीक रेडियो हर्टविट एफ. एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ सालमा स्थापना भइै सत्यको संवाहक, सुचना संगितको सारथी भन्ने नाराका साथ निरन्तर सत्य सूचनाको सन्तुलित सम्प्रेषण गरिरहेको छ ।

यसैबिच आज रेडियो हर्टविट ले एक कार्यक्रमको आयोजना गरि छैठौँ वार्षिक उत्सव भब्यताका साथ मनाएको छ । कपिलवस्तु सहित छिमेकि जिल्ला रुपन्देही, पाल्पा, अर्घाखाँची, दाङ, गुल्मी, प्युठान र भारतका केहि स्थानहरुमा समेत सुन्न सकिने रेडियोले आम नागरिकका ससाना समस्यालाई वशेष प्राथमिकतामा राख्दै आएको छ । रेडियोले दैनिक १८ घण्टा प्रशारण गरिरहेको छ भने रेडियो पहिलाको स्थान भन्दा ३०० मिटर पश्चिममा सरेको छ ।

छैठौँ वार्षिक उत्सवको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो सञ्चालक समिती अध्यक्ष धातानन्द भुसालले रेडियोलाई छैठौं वर्ष सम्म सफलता पुर्वक सञ्चालन गर्नको लगि सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद व्याक्त गर्नुभएको थियो । अध्यक्ष भुसालले रेडियोले देश विदेशका खबर मात्र नभएर जनताका साना साना समस्यालाई प्राथमिकतामा राख्ने गरेकोले स्थानियको रोजाईमा पर्ने गरेको बताउनु भएको छ । साथै उहाले रेडीयोका पदाधिकारी, शेयर सदस्य, स्रोतावर्गमा अहिलेसम्मको साथ सहयोगका लागी धन्यवाद समेत ज्ञापन गर्नु भएको छ ।

No description available.

त्यस्तै निवर्तमान अध्यक्ष तथा बरिष्ठ सल्लाहकार कृष्ण प्रसाद भट्टराईले बिगतमा अफु सञ्चालक समिती अध्यक्ष भैरहदा संस्थाको लागि धेरै काम गर्ने इच्छा भएपनि उपयुक्त ज्ञान र अनुभव नहुँदा सोचेअनुसार काम गर्न नसकेको स्विकर गर्नुभएको थियो । आगामि दिनमा पनि रेडियोको उन्नती र प्रगतिको लागि आफु सधै लागिपर्ने बताउनु भएको थियो ।

No description available.

त्यस्तै कार्यक्रममा बोल्दै एफ.एम का स्टेसन म्यानेजर अशोक पौडेलले पछिल्लो समय देशभर रेडियो, अनलाइन, पत्रीका लगायत सञ्चार माध्यमहरु धेरै खोलिनु र आर्थिक मन्दिका कारण अहिले रेडियो सञ्चालन गर्न निक्कै चुनौती रहेको बताउनु भएको थियो । २०७९ को फाल्गुन बाट यस रेडियोमा जोडिएर स्टेसन म्यानेजरको रुपमा कार्य गरेको स्मरण गर्दै तत्कालै रेडियोको आर्थिक अवस्थालाई माथि बढाउन केहि समस्या रहेपनि रेडियोको चौतर्फी विकासको लागि निरन्तर लागिरहने प्रतिबद्धता ब्याक्त गर्नुभएको थियो । म्यानेजर पौडेलले रेडियोलाई अब नयाँ ढङ्गा बाट अघि बढाउन रेडियोको अनलाइन खोल्न आवस्यक रहेको बताउनु भएको थियो ।

No description available.

रेडियो सञ्चालक समितिका पदाधिकारी, शेयर सदस्य, रेडियोका कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तुल्सी अर्यालको स्वागत तथा महासचिव केशव सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation