लुम्बिनी । लुम्बिनी आउने पर्यटकलाई सहज बनाउन लुम्बिनी सांस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ । पालिकाले पर्यटक आउँदा अल्मलिन नपर्ने उद्धेश्यले नगरपालिकाभित्रका सडकमा संकेत नम्बर(स्ट्रिट नम्बर) राखी पर्यटक आगमनलाई सहज बनाएको हो ।
नगरपालिका, नेपाल पर्यटन बोर्ड र यूएनडीपीको साझेदारीमा पालिकाका सडकमा ८० वटा संकेत नम्बर राखिएको हो ।
‘पर्यटकलाई सजिलो बनाउने हाम्रो पहिलो प्रयास हो,’ उनले भने, ‘छिट्टै नै सूचना केन्द्र स्थापना गरी थप जानकारी प्रदान गर्ने जमर्कोमा छौं ।’ उनले पर्यटकले आकर्षणको केन्द्र मानेको लुम्बिनीको पर्यटकीय विकासमा पालिकाको भूमिका अहम् रहने र त्यसका लागि आफूहरू लागिपरेको जनाए ।












