कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन अर्थात भोलि बिहीबार स्थानीय बिदा दिने भएको छ । बुधबार एक सूचना निकालेर नगरपालिकाले हरिशयनी एकादशीका दिन बिदा दिने जनाएको छ ।
बिहीबार शितगंगा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था अत्यावश्यक सेवा बाहेकमा बिदा दिएको भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।