पपआ न्यू गिनीमा आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या

काठमाडौं । पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो ।

यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा आइतबार भएको हो । समाचार एजेन्सी एपीका अनुसार घात लगाएर बसेकाहरुले एक्कासी आक्रमण गरेका थिए । एपीले यस राजधानीको प्रहरीलाई सोधिएको तर कुनै उत्तर नपाएको जनाएको छ ।

बीबीसीले भने राष्ट्रिय प्रहरी प्रवक्ताले एंगा प्रान्तमा गोली हानेर मानिसहरुको हत्या भएको पुष्टि गरेको जनाएको छ । यसैगरी एबीसीले शवहरु प्रहरीको ट्रकमा राखेर ओसारिएको फोटो सार्वजनिक भएको जनाएको छ ।

दक्षिण प्रशान्त द्वीप राष्ट्र पपुआ न्यू गिनीमा सुरक्षा व्यवस्था चुनौतीको विषय बन्ने गरेको छ । गत जनवरी महिनामा पनि त्यहाँ १६ जनाको हत्या भएको थियो । उक्त घटनापछि देशमा आपतकाल घोषणा गरिएको थियो भने केही सरकारी सुरक्षा अधिकृतहरु निलम्बनमा परेका थिए ।

पपआ न्यू गिनी विकासशील देशमा गनिन्छ । यहाँ ठूलो संख्यामा आदिवासी जनजातीहरुको बसोबास छ भने करिब ८०० भाषा बोलिन्छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation