गुल्मीको रिडीमा बस दुर्घटना, १३ जना घाइते

बुटवल । पोखराबाट गुल्मीको तम्घास आउँदै गरेको बस विहिबार दिउँसो रिडीमा दुर्घटना भएको छ । रुरु गाउँपालिका–१ मकवादीमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको छ । बसमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकदेखि करिब ५० मिटर तल खसेको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation