मणिमुकुन्द भलिवल कप आजबाट, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै

बुटवल । मुणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना गरेको १० औ मणिमुकुन्द भलिवल कप पुरूष इन्डो नेपाल क्लब च्यामपियनसिप प्रतियोगिता आजबाट सुरु हुदै छ । प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा भएको छ ।

तिलोत्तमा २ मा रहेको मणिमुकुन्द भलिवल क्लबको आफ्नै खेल मैदानमा हुने भलिवल प्रतियोगितामा नेपालका विभागीय ३ वटा टिम सहित ७ वटा टिम रहेका छन् भने भारत गुजराँतको एक टिमको सहभागिता रहेको छ । रात्रीकालिन भलिवल प्रतियोगिताको उदघाटन खेल आयोजक मणिमुकुन्द भलिवल क्वब र साग भलिवल एकेडेमी भारतबिच हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिवल संघ र गोल्कोट भलिवल क्लब बिच हुने छ ।

तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, इरानका भलिवल खेलाडीको सहभागिता रहेको मणिमुकुन्द भलिवल क्लबका अध्यक्ष लोकेन्द्र कुमार भण्डारीले बताए । गर्मी मौसमका कारण यसपटक रातिमा प्रतियोगिता गर्न लागिएको हो ।

साँझ ४ बजेबाट सुरू हुने खेल राति १० बजे सकिने गरी तयारी गरिएको अध्यक्ष भण्डारीले बताए । प्रतियोगितामा बिभागीय टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश र आयोजक मणिमुकुन्द भलिवल क्लब, गल्कोट भलिवल क्लब र भारतको साग भलिवल एकेडेमी गुजराँतको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक सुरेन्द्र गुरूङले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११, कप, मेडल, प्रमाण पत्र पाउने छन् । दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११, कप, मेडल प्रमाणपत्र हात पार्ने छन् । तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११, कप, मेडल, प्रमाणपत्र पाउने छन् । सान्त्वना हुने टिमले ६६ हजार ६ सय ६६, कप, प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, मेडल, प्रमाणपत्र पाउनेछन् भने प्रतियोगितामा बिधागततर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजार, मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने क्लबका वरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए । ६ गतेबाट सुरू हुने प्रतियोगिता १३ गते सम्म सन्चालन हुने आयोजक मणिमुकुन्द भलिवल क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले बताए । प्रतियोगितामा विभिन्न टिममा विदेशी खेलाडीको सहभागिताले खेल रोचक हुने आयोजक भनाइ छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation